आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्‍बाट स्वीकृत, अब संसद्‍मा प्रस्तुत गरिँदै काठमाडौं, १५ जेठ। मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट स्वीकृत गरेको हो। अब आज बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने छन् ।बजेटमा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक हुन्छन्। ती चारवटै विधेयक संसदमा प्रस्तुत गरिँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्