सरकारले ब्युँतायो सांसद विकास कोष, प्रतिसांसद ५ करोड बजेट विनियोजन काठमाडौं,१५ जेठ। सरकारले सांसद विकास कोष ब्युँताएको छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए।आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएका हुन्। ‘संसदीय पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत १६५ निर्वाचन क्षेत्रका सांसदका लागि ५ करोड रकम विनियोजन गरेको मन्त्री महतले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्