प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढ्यो, कार्कीविरुद्ध उजुरी आह्वान काठमाडौं,१६ जेठ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढेको छ। संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएसँगै प्रक्रिया अगाडि बढेको हो। सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ। कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ। यसपटक बेनामे उजुरी दिन पाइने छैन। पहिले बेनामे उजुरी पनि दिन पाइन्थ्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्