सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो : बालेन शाह
काठमाडौं,१६जेठ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन्।मंगलबार सामाजिक सञ्जाला उनले लेखेका छन्,‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो।’उनले ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु’ भनेर प्रश्नसमेत गरेका छन्। आर्थिक वर्ष२०८०–८१को बजेटमा सांसद विकास कोषको लागि ८अर्ब२५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्