नक्कली भुटानी शरणार्थी प्रकरणमा तीनजनाको बयान सुरु काठमाडौं, १६ जेठ।नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन अभियुक्तको बयान सुरु भएको छ। मंगलबार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान सुरु भएको हो।यी तीनको छुट्टा–छुट्टै तरिकाले बयान लिइएको छ। आज तीनजनाको बयान सकिएमा कुल आठको बयान सकिनेछ। पक्राउ परेका अन्य नौ अभियुक्तको बयान पनि यहि हप्ता सकाउने अदालतले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्