आज पनि टुङ्गिएन सन्दीपको मुद्दा
काठमाडौं, १६ जेठ। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज पनि फैसला दिन सकेन। उक्त मुद्दामा अन्तिम सुनुवाइका क्रममा पीडित पक्षका कानुन व्यवसायीले अन्तरिम क्षतिपूर्तिको निवेदन सम्बोधन नभएको बताएपछि मुद्दा लम्बिएको हो। न्यायाधीश शंकर बहादुर राईले पीडितबाट अन्तरिम क्षतिपूर्तिको माग गरिएको निवेदन मिसिलमै राख्न आदेश दिएका छन्। अब मुद्दाको अन्तिम सुनुवाइका लागि अर्को दिन पेसी तोकिनेछ।
प्रतिक्रिया दिनुहोस्