रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा सर्वोच्चमा आज सुनवाइ हुँदै
काठमाडौं, १७ जेठ। टीकापुर नरसंहारमाका दोषी ठहर पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ। सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी नदिएको भए चौधरी २०९४ सालसम्म जेलमा नै बस्नुपर्ने थियो।
प्रतिक्रिया दिनुहोस्