राष्ट्रपतिद्वारा प्रमाणिकरण भयो नागरिकता विधेयक
काठमाडौं, १७ जेठ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। उनले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्