कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, समर्थन पनि लियो फिर्ता
काठमाडौं, १७ जेठ। जनता समाजवादी पार्टी(जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो। कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला लिम्बु स्वास्थ्यमन्त्री छिन्।सुनसरीको इटहरीमा बुधबार सम्पन्न पार्टीको बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। योसँगै हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकार पाँच महिना पुग्दा नपुग्दै संकटोन्मुख देखिएको छ।
प्रतिक्रिया दिनुहोस्