बजेटले महँगियो सुन, प्रतितोला १ लाख १२ हजार पुग्यो काठमाडौं, १७ जेठ। सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तर्राष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले सुनको मूल्य बुधबार एकै दिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्