नयाँ दिल्लीमा प्रधानमन्त्री : भारतीय विदेश राज्यमन्त्री गरिन् स्वागत काठमाडौं, १७ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणका सिलसिलामा नयाँ दिल्ली पुगेका छन्। करिब १२० सदस्यीय टोलीको नेतृत्व गर्दै उनी दिल्ली गएका हुन्। बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन्। दिल्लीस्थित नेपालका राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए। विमानस्थल बाहिर सांस्कृति टोलीले झाँकी प्रदर्शन गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्