नागरिकता विधेयक प्रमाणिकरण भएसँगै यसको समस्या पनि सदाको लागि अन्त्य होस् : उपेन्द्र यादव
काठमाडौं, १७ जेठ। जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक प्रमाणिकरण भएसँगै यसको समस्या सदाको लागि अन्त्य हुनुुपर्ने बताएका छन्। बुधबार सप्तरीमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले भने,‘मुलुकबाट नागरिकतासम्बन्धी समस्या सदाका हल होस्, नागरिकता पाउनकै लागि नागरिकलाई लड्नुपर्ने विषय दुर्भाग्यपूर्ण हो।’ राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा अब नागरिकतासम्बन्धी समस्या समाधान हुनेमा आशावादी भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्