सेयर लगानीकर्ताले भोलि आन्दोलन घोषणा गर्ने
काठमाडौं, १७ जेठ।नयाँ बजेटमा पूँजी बजारलाई नकारात्मक असर पार्ने गरी करसम्बन्धी ब्यवस्था गरिएको भन्दै बिहीबार(भोलि) सेयर लगानीकर्ताहरुले आन्दोलन घोषणा गर्ने भएका छन्।सेयर लगानीकर्ताहरुका अगुवा तिलक कोइरालाले सामाजिक सञ्जालमा लेख्दै भोलि विहान १० बजे कमलपोखरीमा लगानीकर्ताको भेला आह्वान गरेका छन्। सोही भेलाबाटै आन्दोलनको स्वरुप र कार्यक्रम घोषणा हुनेछ।कोइराला पटक पटक पूँजी बजार सुधार तथा बिस्तारको लागि आवाज उठाएका लगानीकर्ता हुन्।
प्रतिक्रिया दिनुहोस्