विश्व बैंकले नेपाललाई १६ अर्ब ऋण र पौने ३ अर्ब अनुदान दिने
काठमाडौं,१७ जेठ।विश्व बैंकले नेपाललाई करिब १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र पौने ३ अर्ब बराबरको अनुदान दिने भएको छ। सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संघबाट प्राप्त हुने छ।अनुदान भने विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम अन्तर्गत शिक्षाका लागि ग्लोबल पार्टनरसीपबाट प्राप्त हुने छ। सम्झौतामा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र माल्दिभ्स,नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशिय निर्देशक फारिस हदाद–जेर्भोसले बुधबार हस्ताक्षर गरे।
प्रतिक्रिया दिनुहोस्