नेपालले मलेसियालाई दियो १११ रनको लक्ष्य
काठमाडौं, १८ जेठ।पाँच खेलको महिला टी–२० सिरिजअन्तर्गतको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ। मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो। नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन्। १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन्।
प्रतिक्रिया दिनुहोस्