प्रधानमन्त्री प्रचण्ड र नरेन्द्र मोदीले गरे नेपालगञ्ज सुख्खा बन्दरगाहाको उद्घाटन
काठमाडौं, १८जेठ।नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारकोसंयुक्त रुपमा उद्घाटन गरेका हुन्। दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटनको घोषणा गरे पछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्खाबन्दरगाह प्रवेश गरेका थिए।करिब १५ वर्ष अघि देखि भारत सरकारको सहयोगमा निर्माणाधिन सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको हो।
प्रतिक्रिया दिनुहोस्