नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल भुक्तानी सम्झौता
काठमाडौं, १८ जेठ। नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता भएको छ। प्रधानमन्त्रीको भारतभ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।अहिलेसम्म कार्डको माध्यमबाट वस्तु तथा सेवा खरिदमा क्रस बोर्डर (अन्तरदेशीय) भुक्तानी गर्न सकिए पनि क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न पाइँदैनथ्यो। अब नेपाली नागरिकले भारतीय बजारमा र भारतीय नागरिकले नेपालमा अनलाइन भुक्तानी गर्नसक्ने छन्।
प्रतिक्रिया दिनुहोस्