भारतले १७ अर्ब लागतको दुईवटा पेट्रोलियम पाइपलाइन र टर्मिनल बनाइदिने सम्झौता काठमाडौं, १८ जेठ। १७ अर्बको लागतमा दुई पेट्रोलियम पाइपलाइन र एउटा टर्मिनल बनाउने नेपाल र भारतबीच सम्झौता भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतको लगानीमा पाइपलाइन र टर्मिनल बनाउने समझदारी भएको हो।समझदारीअनुसार सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन र टर्मिनल तथा मोतिहारी अमलेखगन्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्