फेवातालको चार किल्लाभित्र निर्माण कार्य नगर्न उच्च अदालतको आदेश काठमाडौं, १८ जेठ। उच्च अदालत पोखराले फेवातालको चार किल्लाभित्र डोजर नचलाउन र कुनै निर्माण कार्य नगर्न अन्तरिम आदेश दिएको छ। उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यको एकल इजलासले तालको चार किल्लाभित्र व्यक्तिगत वा संस्थागत निर्माण कार्य नगर्न र डोजर प्रयोग नगर्न अन्तरिम आदेश दिएको हो।अधिवक्ता मनोज घर्तीमगरले फेवाताल क्षेत्र अतिक्रमण रोक्न माग गर्दै उच्चअदालतमा रिट दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्