नागरिकता विधेयक प्रमाणीकरण सविधानको उल्लंघन र संसदकै अपमान : एमाले
काठमाडौं, १९ जेठ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण सविधानको उल्लंघन र संसदको अपमान भएको निष्कर्ष निकालेको छ। शुक्रबार बसेको एमाले सचिवालयको बैठकले चार वटा विशेष प्रस्ताव पारित गर्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान, कानुन र संसदीय मान्यता विपरीत भएको एमालेले बताएको हो। साथै यसको सशक्त विरोध गर्ने पनि एमालेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्