शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाकै बयान सकियो, आइतबारदेखि थुनछेक बहस
काठमाडौं, १९ जेठ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोपित १८ जनासँग बयान लिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको हो।अब आइतबारदेखि थुनछेक बहस सुरु हुनेछ। मुद्दा दायर भएको २ दिन पछि जेठ १२ बाट सुरु भएको बयान अदालतले शुक्रबार टुंग्याएको हो।
प्रतिक्रिया दिनुहोस्