७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्न दिने एमालेको निर्णय
काठमाडौं, १९ जेठ। नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ। अध्यक्ष बाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी नयाँ ढंगले हेरफेर गरेको हो। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजनको जिम्मा दिएको हो। उनीहरुलाई साझा नीति बनाएर सरकारलाई दबाब दिने, विज्ञसँग परामर्श गर्ने लगायतका काम तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्