नगरवासीलाई रोग लाग्न नदिनु हाम्रो पहिलो प्राथमिकता हो : सुनिता डंगोल काठमाडौं, २०जेठ।काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरको प्राथमकिता नगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन्। शनिवार नेपाल मधुमेही समाज र काठमाडौं महानगरको सहकार्यमा आयोजित कार्यक्रमा उनले भनिन्,‘धेरैजना प्रतिनिधिज्युहरु औषधि खानुहुन्छ।त्यो लाइफस्टाइलसँग जोडेर यो तालिम दिनसके जब जनप्रतिनिधिहरु स्वस्थ हुनुहुन्छ। तब समाजमा अझ धेरै काम गर्न सकिन्छ। किनभने हामी सबैलाई थाहा छ,स्वास्थ्य रहे हामी सबै छौँ,स्वास्थ्य नरहे केही पनि छैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्