कांग्रेस विधि र नियममा चलेन : प्रकाशमान सिंह
काठमाडौं, २० जेठ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन्। शनिवार कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने बताए। अबको समयमा पार्टीलाई विधिसम्मत रूपमा अघि बढाउने हो भने कांग्रेसले कुनै पनि पार्टीको चुनौतीलाई सहनु नपर्ने बताए।उनले जनप्रतिनिधि र संगठनका नेताहरूबीच समन्वय हुन आवश्यक देखिएको बताए।
प्रतिक्रिया दिनुहोस्