प्रधानमन्त्रीले भारतमा राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको भन्दै संसदमा जवाफ माग्ने एमालेको निर्णय काठमाडौं, २० जेठ।नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहीत विपरित अभिव्यक्ति दिएको भन्दै संसदमा जवाफ माग गर्ने भएको छ। शनिबार नयाँबानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीलेले भारत भ्रमणका क्रममा बंगलादेशसम्मको बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने अभिव्यक्ति दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्