नक्कली शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस
काठमाडौं, २१ जेठ। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तविरुद्ध आजदेखि थुनछेक बहस हुने भएको छ। जिल्ला अदालत काठमाडौंमा १८ जनाकै बयान सकिएसँगै आज थुनछेक बहस सुरु हुने भएको हो। थुनछेक बहसपछि अहिले हिरासतमा रहेकाहरूलाई पुर्पपक्षका लागि जेल चलान गर्ने वा कारागार बाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा निर्णय हुनेछ। थुनछेक बहस जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुनेछ।
प्रतिक्रिया दिनुहोस्