कालापानीको भूमि साटफेर गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेले संसदमा जवाफ माग्ने
काठमाडौं, २१ जेठ।नेकपा एमालेले हालै भारत भ्रमणबाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ। बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो।शनिबार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्