नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस हुने
काठमाडौं,२१ जेठ।नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलाइएकाहरुविरुद्ध आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस शुरु हुँदैछ। शुक्रबार बयान सकिएकाले आइतबारदेखि सरकारी वकिलले बहस गर्न लागेका हुन्। शुरुमा सरकारी वकिल र जाहेरीकर्ताका कानून व्यवसायीहरुले आरोपितहरुलाई थुनामा नै राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने माग गर्नेछन्। दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले उनीहरुलाई थुनामै राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेवारे एउटा निर्णय लिनेछ।
प्रतिक्रिया दिनुहोस्