तोलामै १७ सयले सस्तियो सुनको मूल्य
काठमाडौं, २१ जेठ।आइतबार सुनको मूल्य १७ सय रुपैयाँले सस्तिएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य एक लाख ११ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य एक लाख १३ हजार ३ सय रुपैयाँ थियो। बजेटपछि निरन्तर बढेको सुन र चाँदीको मूल्य आइतबार भने घटेको हो।
प्रतिक्रिया दिनुहोस्