प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित
काठमाडौं, २१ जेठ। विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।आइतबार संसदको बैठक सुरु भएलगतै विपक्षी दलका सांसदहरु उठेका थिए। मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते विधेयक प्रमाणीकरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस्