राष्ट्रियसभामा पनि एमालेको अवरोध, २९ मिनेटका लागि बैठक स्थगित
काठमाडौं, २१ जेठ। प्रतिपक्षी दलका सांसदहरुले संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा पनि अवरोध गरेका छन्। संसद्लाई छलेर मन्त्रिपरिषद्को आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा नेकपा एमालेले राष्ट्रियसभामा अवरोध गरेको हो।एमालेको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले २९ मिनेटका लागि बैठक स्थगित गरेका छन्।एमालेसहित प्रतिपक्ष दलको अवरोधको कारणले प्रतिनिधि सभाको बैठक एक घण्टाका लागि स्थगित भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्