नागरिकता विधेयकसम्बन्धि सर्वोच्चको निर्णयविरुद्ध मधेश प्रदेश आन्दोलित
काठमाडौं, २२ जेठ। आइतबार सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि मधेस प्रदेश सोमबार विहानैदेखि आन्दोलित छ। नगरिकताविहिन सर्वसाधारणहरुले सर्वोच्च अदालतको सो आदेशविरुद्ध विरुद्ध प्रदर्शन गरिरहेका छन्।उनीहरुले सर्वोच्च अदालत र नागरिकता विद्येयक प्रमाणीकरणको विरुद्धमा रहेका दलहरुविरुद्ध नारावाजी गर्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरिहरहेका छन्।दर्शनकारीले मधेस प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गर्ने लगायतका कार्यक्रम तय गरेका छन्।
प्रतिक्रिया दिनुहोस्