प्रधानमन्त्रीलाई नेपाली भूमि विदेशीलाई दिने अधिकार छैन : एमाले
काठमाडौं, २२ जेठ। नेकपा एमालेले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै एमाले सचिव योगेश भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताए। लम्पसारवादविरुद्ध एमाले उभिने भन्दै उनले भने, ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्देनौं ।’
प्रतिक्रिया दिनुहोस्