नरेन्द्र मोदीले सीमा सम्बन्धी समस्या समाधान गर्ने बताएका छन् : प्रधानमन्त्री
काठमाडौं, २२ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्यालाई समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा भनेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नमा जवाफ दिँदै उनले भने,‘भारतिय प्रधानमन्त्रीले पनि संयुक्त पत्रकार सम्मेलनमा सीमालगायतका सबै समस्यालाई समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा आएको छ । भारतीय प्रधानमन्त्रीबाट सीमाको सम्बन्धी विषयमा स्पष्ट विचार आएको पहिलो र सकारात्मक अभिव्यक्ति हो।’
प्रतिक्रिया दिनुहोस्