केही कम्फ्युजन नहोस्, मैले कालापानीसँग भूमि साट्ने प्रस्ताव गरेको छैन : प्रधानमन्त्री
काठमाडौं, २२ जेठ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानीसँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ नगरेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारतीय प्रधानमन्त्री आफैँले सीमाको विषयमा प्रष्टसँग कुरा उठाएको बताए।उनले भने,‘मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन। प्रष्ट होस्। कहीँ कोही कम्फ्युजन नहोस्। कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा प्रष्ट छु। मैले त्यही अनुसार भूमिका खेलेको छु।’
प्रतिक्रिया दिनुहोस्