नागरिकताको विषयमा एमालेलाई प्रधानमन्त्रीको प्रश्न : अध्यादेशमा ७ वर्ष किन नराखेको ?
काठमाडौ, २२ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकताको विषयलाई अनावश्यक रूपमा विवादमा ल्याउन खोजेको बताएका छन्। उनले भने,‘हामी सबै एकैठाउँमा रहेछौं। जन्मसिद्ध नागरिकका छोराछोरीले नागरिकता पाउनुपर्छ भन्ने कुरा र आमाबाबुको कुरामा त एकै ठाउँमा छौं। अहिले किन दुई ठाउँमा हुन बल पु¥याएका छौं। पहिला त १५ वर्ष हुनुपर्छ भन्थ्यो। त्यसपछि ७ वर्षमा आयो। तपाईंहरूले सात वर्ष किन नराख्या? खै १५ वर्ष?’
प्रतिक्रिया दिनुहोस्