संसदमा प्रधानमन्त्रीले बोल्दा पटक पटक अवरोध काठमाडौं, जेठ २२ ।प्रतिपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा बोल्ने क्रममा पटक पटक अवरोध गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा नागरिकता विधेयक मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विषयलाई लिएर वाद विवाद भएको हो। नागरिकता विधेयकलाई लिएर संसद् बैठकमा केहि समय विवाद भएपनि फेरी प्रधानमन्त्रीले जवाफ दिन थालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्