सेयर बजारमा टिकेन लगानीकर्ताको उत्साह, दोहोर अंकले घट्यो नेप्से
काठमाडौं, २२ जेठ। सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। १७.३८ अंकले ओरालो लाग्दै नेप्से १९०१.९९ बिन्दुमा झरेको छ। आइतबार ५३ अंकले वृद्धि भएको बजारमा आज ५६ लाख२० हजार ३८१ कित्ता सेयरको खरिदबिक्रि हुँदा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको कारोबार भएको छ।त्यसैगरी उपसमूह तर्फ रहने १३ वटै समूहको सेयर मूल्य घटेको छ।
प्रतिक्रिया दिनुहोस्