प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै, बाबा रामदेवले योगा सिकाउने काठमाडौं, २३ जेठ। प्रधानमन्त्री प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन्। खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री खप्तड जान लागेका हुन्। सम्मेलनमा विश्वप्रसिद्ध योग गुरु रामदेव, आचार्य बालकृष्ण, महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ।सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुईदिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्