तोलामै ९०० रुपैयाँले महँगीयो सुनको मुल्य काठमाडौं, २३ जेठ। बुधबार सुनको मुल्य तोलामै ९०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ तोकिएको छ। मंगलबार एक तोला सुनको मुल्य १ लाख ११ हजार ६०० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्