छात्रवृत्ति विवरण नबुझाउने विद्यालयको अनुमति रद्द गर्ने काठमाडौं महानगरको चेतावनी
काठमाडौं, २३ जेठ। काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति तथा स्वीकृति रद्द गर्ने चेतावनी दिएको छ। बुधबार एक सूचना प्रकाशित गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने बताएको हो। आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ।
प्रतिक्रिया दिनुहोस्