कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय काठमाडौं, २३ जेठ।माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। कोशी प्रदेश संसदीय दल र प्रदेश कार्यालयको बैठकले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको हो। बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको छ। प्रदेश सरकारमा माओवादीबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्