बजेट निर्माणमा अनधिकृत मान्छेको प्रवेशबारे एमालेले माग्यो जवाफ
काठमाडौं, २३ जेठ। नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि उठेको प्रश्नबारे अर्थमन्त्री डा. प्रकाशशरण महतसँग जवाफ माग गरेको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणको चरणमा ११ सय भन्दा बढी विद्युतीय गाडीहरु भित्रिएको र त्यसबाट करिब ९३ करोड राज्यलाई नोक्सान भएको उल्लेख गर्दै उनले अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्