करका दर हेरफेरबारे स्पष्ट जवाफ नआए आन्दोलन गर्छौं : ज्ञानेन्द्र शाही
काठमाडौं,२३ जेठ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माणका क्रममा करका दर हेरफेरबारे सरकारले स्पष्ट जवाफ नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेट निर्माणका क्रममा पूर्व नासु रामकृष्ण श्रेष्ठलाई कसको स्वार्थका लागि आर्थिक विधेयक बनाउन सहभागी गराइएको हो भन्दै उनले प्रश्न गरे। उनले भने,‘यदि स्पष्ट जवाफ आउँदैन भने राप्रपा सडक र सदन दुवै ठाउँबाट भ्रष्टाचारविरुद्ध आन्दोलन गर्छौ।’
प्रतिक्रिया दिनुहोस्