नेप्सेमा सुधार, कारोबार रकम पनि २ अर्ब नजिक
काठमाडौं, २३ जेठ। मंगलबार सेयर बजार परिसूचक नेप्से २५.६६ अंकले वृद्धि भएर १९२७.६५ विन्दूमा पुगेको छ। आजको दिन बजारमा ५५ लाख ४१ हजार ८७६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९८करोड रुपैयाँ बढीको कारोबार भइको नेप्सेले जनाएको छ। यस दिन होटल तथा पर्यटन उपसमूहमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.६७प्रतिशत बढेको छ।
प्रतिक्रिया दिनुहोस्