कोशी प्रदेशमा माओवादीका २ जना मन्त्रीले दिए राजीनामा काठमाडौं, २३ जेठ। नेकपा माओवादी केन्द्रका तर्फबाट कोशी प्रदेश सरकारमा रहेका २ जाना मन्त्रीले राजीनामा दिएका छन्। पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै उनीहरुले राजीनामा दिएका हुन्। कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्