लुम्बिनीमा पर्यटकको घुइँचो, पछिल्लो पाँच महिनामा झन्डै पाँच लाख पर्यटक भित्रिए
काठमाडौं, २३ जेठ। पछिल्लो समय लुम्बिनीमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटक आउने क्रम बढेको छ। यसै क्रममा २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन्। यस अवधिमा थाइल्यान्डका ८,२४७, श्रीलङ्काका ५,७२१ म्यान्माका ५३०९८, भियतनामका ३२३५, कोरियाली २६२९, चिनिया १,२०८ र अन्य देशका ७,६७५ जना नागिरकले लुम्बिनीको भ्रमण गरेका छन्।
प्रतिक्रिया दिनुहोस्