राष्ट्रिय सभाको बैठकमा आज प्रधानमन्त्रीले सम्बोधन गर्दै
काठमाडौं, २३ जेठ। राष्ट्रिय सभाको बैठकमा आज (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने भएका छन्। राष्ट्रिय सभाको बैठक बुधबार बिहान ११ः११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराउनेछन्। यस्तै, नागरिकता विधेयक लगायत सांसदहरुले उठाएका समसामयिक विषयबारे जवाफ दिनेछन्। यसअघि मंगलबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक विशेष कारणले भन्दै बुधबारका लागि सारिएको थियो।
प्रतिक्रिया दिनुहोस्