विश्व शिखर सम्मेलनमा सहभागी हुन बेल्जियम जाँदै मेयर बालेन काठमाडौं, २४ जेठ। विश्व शिखर सम्मेलनमा सहभागी हुनको लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेल्जियमको जाँदै छन्। यसका लागि बुधबार बसेको मन्त्रीपरिषद्को बैठकबाट पनि स्वीकृति प्राप्त भएको छ। उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बेल्जियमको ब्रसेल्समा आयोनित सम्मेलनमा जान लागेका हुन्। मेयर शाह जेठ २९ देखि ३२ सम्म बेल्जियम भ्रमणमा रहनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्