निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय छिट्टै सच्याउन गगन थापाको माग
काठमाडौं, २४ जेठ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा उनेल भने,‘निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाइ तत्काल सच्याउन म नेपाल सरकारसँग माग गर्दछु।’ सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने प्रस्ताव गरेको छ।
प्रतिक्रिया दिनुहोस्